Logo
३ मंसिर २०८१, सोमबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५० देशमा फैलियो कोरोना, अब कुनै पनि देश ढुक्क भएर बस्नु हुँदैन : WHO

अहिले विश्वको चिन्ता र चासोको बिषयमा रहेको कारोना भाइरसको सङ्क्रमण ५० देशमा फैलिसएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

विभिन्न देशमा कोरोना भाइरसको कारण अहिलेसम्म २ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ । चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको मृत्यु भएको छ ।

इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ ।

यस्तै यो रोगका कारण ७९ हजार १ सय ६७ जनामा संक्रमित पुष्टि भएको छ । विभिन्न देशमा कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् भने चीनमा मात्रै ३६ हजार १ सय ३६ जना उपचारपछि घर फर्किएका छन् ।

जापान र इराकले कोरोना भाइस फैलिएपछि सबै स्कुल बन्द गर्न निर्देशन दिएका छन् । साउदी अरबले पनि विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ।

यस्तै अस्ट्रेलियाले कोरोना भाइरसको उद्गम स्थल चीनबाट पुग्ने पर्यटकलाई आवागमनमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न अपिल गरेको छ ।

यसैबीच उप सहरा अफ्रिकी देशमा पनि कोरोनाको पहिलो सङ्क्रमित भेटिएको छ । नाइजेरियामा कोरोना सङ्क्रमित भेटिएको समाचार संस्था एएफपीले पुष्टि गरेको छ ।

कोराना भाइरसको संक्रमण सुरु भएको चीनमा यति बेला सङ्क्रमण र मृत्युको सङ्ख्या घटिरहेका बेला चीन बाहेका अरु देशमा सङ्क्रमण बढ्नु चिन्ताजनक अवस्था डब्लु एच्ओले जनाएको छ ।

इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले भाइरस अझ खतरनाक भएको देखाएको उनले बताएका छन् । सङ्गठनका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ रहेको छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्