Logo
१० मंसिर २०८१, सोमबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिजि उघोगले सिंचाईको निर्देशन विपरित सडकमा गाडी चलाउदै

सुनसरी मोरङ सिंचाई अन्तर्गत रहेको सितागंञ्ज शाखाको नहरमा भारवहान सबारी चलाउन निषेध गरेपनि सिजि कम्पनिले खुलेआम सबारी साधन चलाउने गरेको भेटिएको छ ।
सुनसरी मोरङ सिंचाई आयोजनाले सुनसरीको गढी गाँउपालिका अन्तर्गतको औरावनी छिटाह जोड्ने नहरको ग्राबेल सडकमा हलुका सबारी साधन मात्र चल्ने भनेर गाँउपालिकालाई पत्रचार गरेकोे थियो । तर योजनाको निर्देशन बिपरित गढी गाउँपालिका २ मा पर्ने सिजि कम्पनिको उघोगले निर्वाध रुपमा ठुला सबारी साधन चलाउने गरेको भेटिएको हो ।

भारवहान सबारी साधन चल्दा नयाँ सडक भत्कने र बनेका संरचनामा क्षति पुग्ने भन्दै आयोजनाले जल उपभोक्ता संस्था सितागंञ्ज शाखालाई समेत पत्र काटेर बाटो सरक्षण गर्न निर्देशन दिएको थियो । तर सितागंञ्ज शाखाले बाटोको संरक्षण गर्नुपर्ने ठाँउमा सिजि कम्पनिको उघोगसँगको मिलेमतोमा सबारी चलाउने गरेको स्थानियको आरोप छ ।
टेम्पु मोटरसाइकल जस्ता हलुका सबारी चलाउनु पर्ने सडकमा अहिले सिजि कम्पनिको उघोगमा आबश्यक पर्ने कच्चा पदार्थ ओसार्न ठुला ट्रक आउने जाने गरेको आबस्था छ । दैनिक १०–१५ वटा भारवहान सबारी साधन सिंचाईको सडकहुदै निर्बाध रुपमा चल्ने गरेको स्थानिय श्यामदेव साहले बताए ।

सिंचाई आयोजना र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई यो बिषयमा जानकारी गराउदा समेत चासो नदेखाएकोे उनले बताए ।
सिंचाई र प्रशासन कार्यालयले पनि सितागंञ्ज शाखालाई पत्र लेखि सडकमा भारवहान सबारी चल्न नदिन र सडकको संरचना बचाउन आबश्यक पहल गर्न बिभिन्न मितिमा पत्र काटेको थियो । तर सितागंञ्ज शाखा र गढी गाँउपालिकाले सडकमा भारवहान सबारी रोक्न चासो नदिएको साह बताउछन् ।

‘दिने भए सबैलाई सबारी साधनलाई सडकमा चल्न दिनुपर्छ नभए एउटा उघोगको लागि नियम मिच्न कदापी पाइदैन्’ साहले भने । सडक सरंक्षण गरौ भन्दा उल्टै मलाई अहिले धाक धम्कीको मुद्धा उघोग र गाँउपालिकाले लगाएको छ, हामीले नियम एउटै हुनुपर्छ भन्दा दोषी कसरी हामी हुने ?
सडकमा नियम अनुसार सबारी साधन चल्नु पर्ने बिषयमा गढी गाँउपालिकाले पनि कुनै पहल नगरेको साहको भनाई छ । गाँउपालिका पनि उघोगसँग मिलेको उनको आरोप छ ।
साहलाई अहिले सिजि कम्पनिको उघोगमा आउने भारवहान सबारी साधनलाई अबरोध गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन परेको छ । साहले जल उपभोक्ता संस्था सितागंञ्ज शाखाको ढाटमा अबरोध गरेको र कर्मचारीलाई धम्काएको भन्दै साहलाई कारबाहीको माग शाखाले गरेको छ ।

सितागंञ्ज शाखा नहरका अध्यक्ष तपन कुमार दासले भने सडकमा नियम अनुसारनै सबारी साधन चल्ने गरेको दाबी गरे । भर्खरै हस्तानतरण भएको सडकको सुरक्षाको लागि ढाड समेत राखेर हलुका सबारी साधनलाई मात्र जान दिइएको उनको भनाई छ ।
सिजि कम्पनिले भने यस बिषयमा कुनै प्रतिकृया दिन मानेन । उक्त उघोगमा बाईबाई चाउचाउ उत्पादन हुने गर्छ ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्