Logo
२ माघ २०८१, बुधबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँस्कोटाले स्वीस कम्पनीबाट कमिसन खाएकोे प्रमाण छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीबाट कमिसन खाएको प्रमाणित नभएको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘बाँस्कोटामाथि कमिसनको आरोप लागेकाले उनले पद छाडेर छानबिनका लागि बाटो खोलिदिएका हुन् ।, उनले भने ’गोकुल बाँस्कोटाले कमिसन खाएको प्रमाणित छैन। स्वीसवाला कम्पनीले पनि होइन भनेको छ।’

कमिसनको बार्गे्निङ गरेका विजयप्रकाश मिश्र पनि आफूहरुको एजेन्ट नभएको दूतावासले भनिसकेको छ’, उनले भने, ’आफ्नो नाममा बात लागेकाले उनले राजीनामा गरेको हो । भ्रष्टाचार गरेको प्रमाणित भएझैँ गरेर अशिष्ट टिप्पणी गरियो । दोष अनुसारको सजाय भोग्छन् गोकुलले तर अहिले उनीमाथि आरोप पनि छैन, मुद्दा पानि चलेको छैन।’

सरकारमाथि झुटो आरोप लागिरहँदा पार्टीकै नेताहरुले काखी बजाइरहेको उनले गुनासो गरे। उनले भने, ‘हाम्रा साथीहरु झुटो आरोप लाग्दा पनि काखी बजाएर मजा लिन्छन्’, उनले भने, ’भ्रष्ट भेटियो भने अनुहार नहेरी कारवाही गर्छु भनेको छु, कारवाही हुन्छ ढुक्क हुनुस्।’ ओलीले जनताले सरकारको प्रशंसा गरिरहँदा पार्टी भित्रै देवत्वकरण गरियो भन्दै आलोचना गरिएको गुनासो गरे।

सोही क्रममा उनले सेक्युरिटी प्रिन्टर प्रकरणमा भ्रष्टाचार गरेको भन्दै आफूविरुद्ध पनि अख्तियारमा उजुरी परेको प्रसंग कोट्याए। ’मेरो पनि नाममा उजुरी हालेको रहेछ अख्तियारमा, त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो भन्ने स्वतस्सिद्ध भएको छ’, उनले भने।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्