Logo
२ माघ २०८१, बुधबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने योजना : मेयर गच्छदार

प्रदेश एक स्थित सुनसरीको दुहबी नगरपालिकामा रहेको महेन्द्र मेमोरियल एकेडेमीको ३८ औं वार्षिक उत्सबमा दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि दुहबी नगर पालिकाले योजना अघि सारेको जानकारी दिनु हुँदै शिक्षा नितिलाई उच्च प्राथमिकतामा राख्दै प्राविधिक शिक्षामा जोड दिने बताउनु भयो । शुभकामना मन्तव्य दिनु हुदै मेयर गच्छदारले शिक्षा निति र संरचनाको वृहत सुधार गर्दै लैजाने बताउदै शैक्षिक गुणस्तर सुधारकालागि आफू सदैव सकारात्मक रहेको बताए ।

बुधबार दुहबी रंगशालामा भएको ३८ औं बार्षिक उत्सवको अवसरमा महेन्द्र मेमोरियल एकेडेमी दुहबीका उत्कृष्ट विधार्थी, खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।विभिन्न ३२ बिधामा समेत विद्यार्थीहरुलाई पुरस्कृत गरिएको महेन्द्र मेमोरियल एकेडेमीका भाइस िप्रन्सिपल रमेशबाबू थापाले बताउनु
भयो । कार्यक्रममा महेन्द्र मेमोरियल एकेडेमी दुहबीका िप्रन्सिपल निश्चलराज शाक्यले महेन्द्र मेमोरियल एकेडेमीको वार्षिक कार्य प्रगती एवं भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा महेन्द्र मेमोरियल एकेडेमीका विद्यार्थीहरुले समाजिक संस्कृति झल्कीने नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा महेन्द्र मेमोरियल एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शाक्य, रिना शाक्य, स्थानिय विद्यालयका प्रधान अध्यापकहरु,शिक्षक,संघ संस्थाका प्रतीनिधिहरु अभिभावक,विधार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्