Logo
१० मंसिर २०८१, सोमबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सांसदकै गुनासो : आफ्नै पार्टीका मन्त्रीले टेलिफोनको ‘रेस्पोन्स’ गर्दैनन्

प्रदेश १ का मन्त्रीले समस्या पर्दा आफ्नै दलका सांसदलाई समेत ‘रेस्पोन्स’ नगरेको भन्दै नेकपा सांसदले प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको चालू अधिवेशनको मंगलबार बाह्रौ बैठकमा सत्तासीन नेकपाका सांसद उपेन्द्र प्रसाद घिमिरेले प्रदेश सरकारका मन्त्रीले सांसदका गुनासोको समेत वास्ता नगरेको जानकारी गराए ।

घिमिरेले भने, ‘‘जनतालाई समस्या भएको विषयमा मन्त्री ज्यूहरुलाई फोन गरिन्छ, फोन उठ्दैन बरु सन्देश आउँछ आई क्यान कल ब्याक यू लेटर तर फोन भने कहिल्यै आउँदैन् ।’’ घिमिरेले आफ्नो क्षेत्रमा विकास निर्माणमा प्रयोग गरिएको स्काभेटरमा आगजनी र टेलिफोनका टावर ध्वस्त गरिएको विषयमा जानकारी गराउन फोन गर्दा समेत मन्त्रीहरुले वास्ता नगरेको भन्दै प्रदेशसभा मार्फत ध्यानाकर्षण गरे ।

उनले जनताको पिरमर्कामा परेकोले उत्तरी मोरङको मिक्लाजुङमा स्काभेटरमा आगजनी र टेलिफोन टावरमा समेत क्षति पु¥याइएपछि त्यो क्षेत्रका बासिन्दा संचारसम्पर्कबाट बञ्चीत रहेको बताए ।

घिमिरेले मोरङमा वैज्ञानिक वन व्यवस्थापनको नाममा जथाभावी जंगल फडानी गरिएको र नदीजन्य वस्तुको उत्खनन् पनि अनियन्त्रित रुपमा चलेको भन्दै त्यसको नियन्त्रणको लागि प्रदेश सरकारको ध्यानाकर्षण गरे ।

संसदको शुन्य समयमा बोल्दै नेकपाकी सांसद उमिता बराइलीले प्रदेशका मन्दिरहरुमा चढाइने भेटी व्यवस्थित गर्नुपर्ने माग गरिन । भनिन्, ‘‘वार्षिक ठूलो परिमाणमा भेटी मार्फत आम्दानी गर्ने मन्दिरहरु व्यवस्थित गर्न जरुरी छ । पूजारीले नै सबै भेटी लग्ने परिपाटीको अन्त्य हुनुपर्छ ।’’ कांग्रेसकी सांसद ज्योती सुब्बाले भारतको बैंगलुरुमा बस दुर्घटनामा मृत्यु भएका सुनसरीको इटहरीका व्यक्तिको परिवारलाई प्रदेश सरकारले राहत दिनुपर्ने माग गरिन ।

समाजवादीकी सांसद राधा थापाले प्रदेश सरकारको बजेट कार्यान्वयन निक्कै सुस्त गतिमा चलेको भन्दै परियोजनाको छनोट, ठेक्का र कामको गति बढाउन जरुरी भएको बताइन । नेपाली कांग्रेसका सूयर्माराज राईले कविता वाचन गर्दै प्रधानमन्त्रीलाई व्यङ्ग गरे ।

उनले प्रधानमन्त्रीकै आसेपासेबाट भ्रष्टाचारलाई बढावा दिने काम भएको भन्दै कविताबाटै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । विशेष समयमा बोल्दै नेकपाका सांसद लिलम बस्नेतले भारतमा बस दुर्घटनामा मृत्यू भएका नेपालीका परिवारलाई भारत सरकारबाट समेत राहत दिलाउन संघीय सरकारलाई प्रदेशले घच्घच्याउनु पर्ने माग गरे । उनले भने, ‘‘मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट पनि सहयोग हुनुपर्छ ।’’

बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिका अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रस्तुत गरे । यसैगरी प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत् सम्बन्ध अन्य व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन उद्योगी पर्यटन वन तथा वातावरण मन्त्रीले प्रस्ताव पेश गरे ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्