समाचार लेखेको भरमा पत्रकारहरुको चरित्र हत्या गर्न खोजेको भन्दै कारवाहीको माँग
प्रदेश १ स्थित सुनसरीको दुहबी ७ भलुवामा रहेको गोल्डेन स्टार क्लबले पत्रकारहरु प्रेम गिरी र अकबर अलीमाथी लगाएको झुठा आरोपप्रति स्वतन्त्र पत्रकार संघको ध्यानआकर्षण भएको छ ।
गत फागुन १३ गते क्लबले जारी गरेको प्रेस विज्ञप्तीमा कोचिला खबर दैनिकका पत्रकार तथा स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य गिरी र स्वतन्त्र पत्रकार संघ सुनसरीका उपाध्यक्ष अलीमाथि लगाएको झुटा आरोप प्रति स्वतन्त्र पत्रकार संघ सुनसरीको ध्याणाकर्षण भएको हो ।
संघले प्रेश बिज्ञप्ती जारि गर्दै पत्रकार पेशालाई निर्बाध तथा सुरुक्षितरुपमा उपयोग गर्ने बाताबरण निर्माण गर्न सरोकारवाला पक्षसग जोडदार माग गरेको छ ।
झुठो आरोप लगाउदै गलत मनसायबाट भर्म सृजना गर्ने माथी छानबिन गरि कारबाही गर्न समेत स्वतन्त्र पत्रकार संघले जोडदार माग गरेको छ ।
लोकतन्त्रमा आरोप प्रत्यारोप लाउनु समान्य कुरा भएपनि प्रमाण बिनाको आरोप आफैमा गलत हुन जान्छ । कुनै पनि समाचार वा संस्थाको बिज्ञप्ती स्रोत र प्रमाण अनुसार भए मात्र सहि सावित हुन्छ ।
नेपालको संविधान बमोजिम पूर्ण प्रेश स्वतन्त्रता माथिको यस्तो आरोप र लान्छनाको स्वतन्त्र पत्रकार संघले घोर भत्र्सना गरेको छ ।