बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।