Logo
२ माघ २०८१, बुधबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरीयामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन संसदमा माग

काठमाण्डौ  :  आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदरुले कोरोना भाइरस सक्रमण तिब्र बन्दै गएको दक्षिण कोरियामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन सरकार समक्ष माग गरेका छन् ।

चीनबाट उत्पती भएको नोबेल कोरोना भाइरस अहिले विश्वव्यापी फैलिरहेको छ । हाल बर्तमान अवस्थामा दक्षिण कोरीयामा समेत यो फैलने क्रम तिब्र भएको छ त्यसकारण हजारौ नेपाली वैदेशिक रोजगारीको लागि दक्षिण कोरीया गएका छन् ।

उक्त कोरोना भाइरसको कारण दक्षिण कोरीयामा समेत असर पारेको भन्दै सांसदहरुले सरकारको ध्याकर्षण गरएका हुन ।

नेकपाका धर्म्शिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरेका छन् । उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिए ।

यस्तै नेपाली कांग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि देशको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो समेत गरेका छन् ।

उनले रोगको पहिचान र क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको भनी प्रश्न पनि गरेकी छन् । उनले पछिल्ला दिनमा कोरियामासमेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्