Logo
३ मंसिर २०८१, सोमबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन प्रति उपप्रधानमन्त्रीले खोले मुख : कुरा लुकाएर-ढाँट छल गरेर कती दिन चल्छ ?

काठमाडौं : संविधान संशोधनको तयारी प्रति उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विरोध जनाएका छन्।

सत्तारुढ नेकपामा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सांसद बनाएर प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको प्रयासको चर्को विरोध भैरहेको छ ।

सोहि क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले समेत सामाजिक सञ्जाल ट्वीटरमार्फत असन्तुष्टि पोखेका छन्। उनले भनेका छन्, ‘अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएकाभित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ। मानिसहरू उदेक मान्दैछन१ के का लागि संशोधन खराखरी वहस गर्नेवेला आएजस्तो छ । कुरा लुकाएर–ढाँट छल गरेर कती दिन चल्छ–कसरी चल्छरु राजनीति गरिन्छ जुवा खेलिन्न !

सविधान संशोधन कार्यदलका सदस्यहरुले नै यसमा नबस्ने घोषणा गरिसकेका छन्। कार्यदलका सदस्य तथा पूर्व सभामुख सुवास नेम्बाङ र अर्का सदस्य खिमलाल देवकोटाले के का लागि संविधान संशोधन भन्दै अश्विकार गरिसकेका छन्।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्