शुद्धोधन गाउँपालिका कपिलवस्तुका अध्यक्ष समाजवादी पार्टीमा प्रवेश
स्वतन्त्र चुनाव जितेका कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमान समाजवादी पार्टीमा प्रवेश गरेका छन । गाउँपालिका अध्यक्ष सगै वडा नं. ६ बाँसखोरका वडा अध्यक्ष बिजय बहादुर यादव पनि प्रवेश गरेका छन ।
स्वातन्त्र चुनाव जितेका अध्यक्ष र वडा अध्यक्ष समाजवादी पार्टीमा प्रवेश गरेका हनु । नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष सुनिल पाण्डेय सचिव काशीनाथ मायादेवी गाउँकार्य पालिका सदस्य ईनरमति लोध पनि प्रवेश गरेका छन ।
उनीहरुलाई पार्टी अध्यक्ष यादवले टीका लगाएर स्वागत गरेका थिए । सोहि अवसरमा संघीय समाजबादी फोरमका अध्यक्ष तथा पुव उप प्रधानमन्त्री उपेन्द्र यादवले सरकारको काम कार्यवाही सबै भ्रष्टचारीले चलाएको आरोप लगाएका छन ।
सुखी र संबृद्ध नारा दिएको बर्तमान सरकार पुर्णरुपमा असफल भएको बताए दुई तिहाहीको कम्यूनिष्ठहरुको सरकार आए संगै भ्रष्टचार लुट बढदै गएको उनले आरोप लगाए ।
समाजवादी पार्टीको कपिलवस्तुले मायादेबी गाउपालिकाको पकढीमा राखेको आमा सभामा बोल्दै यादवले ेसरकाले दिएको सुखी र संबृद्ध नेपालको नारा भ्रष्ट्राचार कान्डले तुहीएको बताए ।
सरकारको यस्तै रवैया र यादवले विभेद जारी र देशमा क्रान्तिको सुरुवात हुने बताए । सरकारलाई जवाफ दिनाको लागि समाजवादी पार्टी अन्तरिक गृहकार्यमा जुटेको उनले बताए ।
उनले मधेसमा अझै नागरिकताको बिभेद रहेको बताए । पैसा र अनुहारको बलमा थुपै्रले नागरिकता पाए पनि अझै वास्तविक नागरिक अझै नागरिकताबिहीन भएक बताए ।
जालीझेली नागरिकता ऐनलाई सच्याउनुपर्छ ।’ नागरिकतामा लैगिक असमानता पनि रहेको उनको भनाइ थियो । महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्ने यादवले बताए ।
नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण भएको यादवको दाबी छ दलित जनजाती महिला पिछडीएको वर्ग हक अधिकार नदिएमा हामी सरकार संग लडना र अन्दोलन गर्न तयार छौ यादवले भने ।