दुहबी वडा नम्बर ५ ले स्वयंसेबिकाहरुलाई साइकल वितरण गर्यो
सुनसरीको दुहबी नगर पालिका वडा नम्बर ५ ले आफ्नो वडामा रहेका ५ जना महिला स्वयंसेबिकालाई साइकल वितरण गरेको
छ । स्थानीयलाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले साइकल वितरण गरिएको दुहबी ५ का वडाअध्यक्ष रमेशकुमार रौनीयारले बताउनु भयो । साइकल वितरण कार्यक्रममा दुहबी ५ का वडा सदस्य कृष्ण योञ्जनको समेत सहभागिता रहेको
थियो ।