प्रधानमन्त्रीको ६९ औँ जन्मदिन : एक पटक बेचेर पनि किनेको पुर्ख्यौली घरलाई यसरी सजाईयो
तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिन मनाउने क्रममा उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईस्थित इवाको घर सजाइएको छ ।
उनले आइतवार बिहानै बालुवाटारमा पत्नी राधिकासहितको उपस्थितिमा जन्मिदनको सेलिब्रेसन सुरु गरेका थिए । उनलाई उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाबको माला लगाइदिएर जन्मदिनको शुभकामना दिए।
ओलीको जन्मदिन मनाउन आठराई गाउँपालिकाले आज स्थानीय बिदा दिएको जानकारी अध्यक्ष मानबहादुर लिम्बुले दिएका छन्।
झापा बसाइँ सर्ने क्रममा एक पटक बेचेर पनि किनेको पुर्ख्यौली घरमा जन्मदिन मनाउन ओली पुग्ने भएपछि स्थानीय र उनका बालसखा स्वागतका लागि कुरिरहेका छन्।