Logo
११ माघ २०८१, शुक्रबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको लोभमा राजपा फस्दैन, सपासँग एकता गरेर आन्दोलनमा जन्छ : राजेन्द्र महतो

राजपा अध्यक्ष राजेन्द्र महतोले पार्टी सरकार को लोभमा नफसेर अब समाजवादीसँग एकता गर्न तर्फ अग्रसर भएको बताएका छन् । उनले प्रदेश २ सरकारमा तत्काल कुनै हेरफेर नहुने पनि बताए । ‘तत्काल प्रदेश सरकारमा कुनै हेरफेर हुने छैन’ उनले भने, “सरकारमा रहेका व्यक्तिहरुको पनि परिवर्तन हुँदैन् ।”

सपासँग एकता गरि अब निर्णयक आन्दोलन गरिने बताए । एकीकरण पछि पार्टीको नाम राष्ट्रिय समाजवादी पार्टी हुने पनि उनले बताए । त्यसो त प्रदेश २ का सत्ता साझेदार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरणको कुरा एक बर्षदेखि चल्दै आएको छ ।

एकीकरणको अत्यधिक चर्चा चलेपनि समाजवादी पार्टी सरकारबाट बाहिरिन नचाहेको भन्दै राजपा नेताहरुले एकीकरण हुन नसक्ने बताएका थिए । गत पुसमा समाजवादी सरकारबाट बाहिरिएपछि राजपाका नेताहरुले आफूहरुको आग्रहमा सरकारबाट बाहिर नआएकाले एकीकरण हुन नसक्ने बताएका थिए ।

तर, अब राजपाका नेताहरु पनि एकीकरणप्रति सकारात्मक देखिएका हुन् ।
यसअघी राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले समाजवादीसँग एकीकरण हुने बताए लगत्तै राजपाका प्रभावशाली नेता महतोले पनि एकीकरणको विकल्प नभएको बताएका हुन् ।

शनिबार जनकपुरधामस्थित आफ्नै निवासमा केही पत्रकारसँग कुरा गर्दै महतोले चाँडै यी दुई पार्टीबीच एकीकरण हुने बताए । ‘नौ महिनादेखि एकीकरणको कुरा भइरहेको छ’ अब चाँडै निष्कर्षमा पुग्छ’ उनले भने, “पार्टीको नाम, झण्डा र चुनाव चिन्हमा यसअघि नै सहमति भइसकेको छ ।”

उनले नेतृत्व र संगठन व्यवस्थापनको काम मात्रै बाँकी रहेको सुनाए । ‘यसका निम्ति दुबै पार्टीमा आन्तरिक छलफल भइरहेको छ’ महतोले भने, “दुबै पार्टीको आन्तरिक छलफलपछि औपचारिक रुपमै बैठक बसेर एकीकरणको कुरालाई अगाडि बढाइनेछ ।”

राजपा सरकारमा जान नचाहेपनि अहिले मिडियाले दैनिक रुपमा राजपालाई सरकारमा पठाइरहेको उनले बताए । ‘मिडियाले राजपा सरकारमा जान्छ भनेर हावादारी कुरा आइरहेको छ’ उनले भने ।

सरकारमा कुनै पनि हालतमा नजाने र संविधान संशोधन गराउनका लागि वैकल्पिक शक्ति निर्माण गरी संघर्षमा उत्रने राजपाको बटमलाइन भएको उनको भनाई छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओली राजपालाई जसरी पनि सरकारमा ल्याउने प्रयासमा छन्’ उनले भने, “समाजवादीलाई सरकारमा लग्नुभन्दा अगाडि पनि प्रयास गरेकै हुन् । र, समाजवादी बाहिरिएपछि पनि प्रयास गरिरहेका छन् ।”

यद्यपी माग पूरा नभएसम्म सरकारमा जाने कुनै इच्छा नभएको उनले बताए । अहिले सरकारमा गए जनतासँग ठूलो धोका हुने उनको भनाई छ ।

‘सरकार राजपालाई सरकारमा लगेर डिभाइड इन रुलको नीति अख्तियार गर्न खोजेको बताउँदै उनले अब यस्तो नचल्ने बताए । ‘सरकारले संविधान संशोधन गर्दै, गर्देन, त्यहीं भएर सरकारमा किन जाने ?’ उनले भने, “सरकारमा जाँदा एकता समेत बाधक हुन भएकाले सरकारमा जाने कुनै सम्भावना छैन् ।”

सरकारले फुट गराएर शाषण गर्ने नीति बोकेको भन्दै भने, “एकताको जुन कुरा भइरहेको छ, त्यो सरकारमा गएपछि बाधक बन्छ । हामीलाई एकता गर्नुछ ।”

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्