रहेन इनरुवाका पारस यादव, झुण्डिएको अवस्थामा शव फेला
प्रदेश १ स्थित सुनसरी सदरमुकाम इनरुवाका पारस यादव अब रहेनन् ।
बिहिबार बिहान ५ बजे झुण्डिएको अवसथामा उनको शव फेला परेको हो ।
सुरुमा यमहाको मोटरसाइकलको सोरुम र हाल टिभिएस मोटरसाइकलको सोरुमका संचालक समेत रहेका यादवले आत्महत्या गरेको प्रहरीले बताएका छन् ।
सोरुमको सिसि टिभि फुटेजमा उनले अत्महत्या नै गरेको देखिएको सुनसरी प्रहरीका प्रमुख यज्ञविनोद पोखरेलले बताए ।
सोरुमकै अगाडी सटर लगाएर एउटा रडमा पासो लगाई आत्महत्या गरेको देखिएको छ ।
एउटा झोला समेत पुठयुमा देखिन्छ । उक्त झोलामा के छ वा अन्य कारण के हुन सक्नेबारे प्रहरीले थप केहि खुलाएको छैन ।
निकै मोटो रकमको ऋणमा डुबेकाले तनावकै कारण उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।
सम्झनामा पारस यादवका यी तस्विरहरु :