Logo
२ माघ २०८१, बुधबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको ६९ औँ जन्मदिन तेह्रथुममा मनाउने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन जन्मघर तेह्रथमु जिल्लाको आठराई गाउँपालिका-२ इवापोखरीको पुर्ख्यौली घरमा पुगेर मनाउने भएका छन् ।

उनको जन्मदिन फागुन ११ गते पर्छ । सो दिन उनका बुवा मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्य, भाइ र बहिनीहरुसहित जन्मघर इवापोखरी जाने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन यसपटक जन्मघर तेह्रथुममा मनाउने तयारी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।
२००८, फागुन ११ मा जन्मिएका ओली १२ वर्षको उमेरमा बुबा मोहनप्रसादसँगै झापाको शरणमतीस्थित चप्रमारीमा बसाइँ सरेका थिए । त्यहाँ केहिसमय बसेपछि गरामनीहुँदै पछि पृथ्वीनगरको सोमबारे (हाल भद्रपुर नगरपालिका-२) बसाइँ सरेका थिए ।

ओलीका बुबा मोहनप्रसाद ओलीले २०२० तिरै सो पुर्ख्यौली घर छोडे पनि २०४८ सालपछि बेचेका थिए । आफ्नो जन्मघर बेचेका ओलीले केही वर्षअघि मात्र स्थानीय खगेन्द्र तामाङबाट फेरि आफ्नो जन्मघर किनेका थिए । २ वर्षअगाडि प्रधानमन्त्री ओलीले आफू जन्मेको घरसहित २५ रोपनी जग्गा १० लाख ५० हजार रुपैयाँमा किनेका थिए ।

प्रधानमन्त्री ओलीले सो ठाउँमा २ सय २५ रोपनी जग्गा किनेर आफू जन्मेको घरलाई संरक्षण गरी पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने तयारीमा रहेका छन् ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्