Logo
२ माघ २०८१, बुधबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष मेहता र प्रप्रअ न्यौपानेको अथक प्रयास सफल, आफ्नै जग्गामा पालिका भवनको शिलान्यास

संघीयता लागू भएपछि पहिलो पटक पालिकाको नाममा जग्गा नामसारी हुँदै उक्त प्रदेशमा पालिका भवनको शिलान्यास भएको छ । प्रदेश नम्बर १ स्थित सुनसरीको देवानगंज गाउँपालिकाको भवन आफनै जग्गामा बन्ने गरि शिलान्यास भएको हो ।

देवानगंज बजार भन्दा दक्षिण रहेको ऎलानी जग्गा अर्थात नेपाल सरकारको जग्गा पहिलो पटक पालिकाको नाममा अर्थात देवानगंज गाउँपालिकाको नाममा नामसारी भएको हो । बुधबार उक्त जग्गामा अत्याधुनिक गाउँपालिका भवनको शिलान्यास गरिएको हो ।

सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री सिताराम मेहता र गपा अध्यक्ष लालीप्रसाद मेहताले संयुक्तरूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

योसँगै अध्यक्ष मेहता र प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेको अथक प्रयास सफल भएको छ । उक्त जग्गालाई पालिकाको नाममा नमसारी गराउन मेहता र न्यौपानेले निकै नै मिहिनेत गरेका थिए ।

जनप्रतिनिधि र कर्मचारीले सार्वजनिक जग्गालाई ब्यक्तिगत नाममा नामसारी गर्ने प्रचलन बढी रहँदा देवानगंज पालिकाको यो कार्यलाई जनताले निकै सराहनीय र उदाहरणीय भनेका छन् ।

उक्त गपामा घर भई काठमाडौं स्थित बसोबास रहेका वरिष्ठ पत्रकार वीरेन्द्र केएमले भने -“यो उदाहरणीय कार्य हो, यसलाई ऎतिहासिक भन्नुपर्छ” । केएम भन्छन् “अध्यक्ष र प्रशासकीय अधिकृतको नागरिक अभिनन्दन हुनुपर्छ । यो कुनै चान्चुने कार्य होइन ।”

उता प्रशासकीय अधिकृत न्यौपानेले आफ्नो एक बर्षको अथक प्रयास पछि गापा भवन निर्माणका लागि जग्गा प्राप्तीसंगै भवनको शिलान्यासले थप उत्साह थपिएको बताएका छन् ।

मन्त्रीपरिषदको बैठकबाट उक्त जग्गा पालिकाको नाममा नामसारी भएको थियोे ।

उनले फेसबुक मर्फत भनेका छन् “दसौं करोड लागतमा निर्माण हुने Dewanganj गापाको अत्याधुनिक भवन निर्माणको शिलन्यास माननीय सिताराम मेहता र अध्यक्ष ज्युबाट संयुक्तरूपमा र ७० औ प्रजातन्त्र दिवस भब्य समारोह बिच सप्पन्न भएको छ ।

त्यस्तै एक औपचारिक कार्यक्रमबीच उत्कृष्ट कर्मचारी पुरस्कारबाट लेखापाल सुमन भट्टराई सम्मानित गरिएको छ । त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण पनि गरिएको छ ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्