टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
७ फाल्गुन २०७६, बुधबार ००:००
राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज काठमाडौंको टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस मनाइएको छ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।