Logo
२ माघ २०८१, बुधबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा घुम्न जाँदा नेपालीले पैसा नै खर्च गर्न छाडे

नेपालीले विदेश भ्रमण गर्दा हुने खर्चमा व्यापक कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा विदेश भ्रमणमा जाने नेपालीले ३७ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका छन् ।

यो खर्च गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा २१ दशमलव ७ प्रतिशतले कमी हो । गएको आर्थिक वर्षको साउनदेखि पुससम्म नेपालीले विदेश भ्रमणमा ४७ अर्ब ९९ करोड रुपैयाँ खर्चिएका थिए ।

शिक्षातर्फबाट विदेशिने रकममा पनि उल्लेख्य कमी आएको छ । पछिल्लो ६ महिनामा वैदेशिक शिक्षा लिन जाने नेपालीले १७ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन् । गएको आर्थिक वर्षको ६ महिनामा भने २५ अर्ब ५९ करोड रुपैयाँ खर्च भएको थियो ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्