खादा र माला लगाएर डिल्ली बजार कारागारबाट छुटे पूर्वसभामुख महरा
काठमाडौं : जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा डिल्ली बजार कारागारबाट रिहा भएका छन्।
उनलाई प्रहरीले कडा सुरक्षाबीच जेलबाट निकालेर निवासतर्फ लगेको हो। डिल्ली बजार कारागाबारट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका थिए ।