Logo
२ माघ २०८१, बुधबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नयाँ नियम : सवारिसाधन किन्नु / बेच्नु अघि ट्राफिक सम्झौँता गर्नु पर्ने

काठमाडौ : अबका आउदो दिनमा कुनै पनि व्यक्तिले गाडि वा मोटरसााइकल किन्नु र बेच्नु अघि सवारी नियम पालना सम्वन्धि सम्बन्धि प्रतिवद्धता सम्झौँता पत्रमा हस्तारक्षर गरेर मात्र किन/बेच गर्न पाउने भएका छन् ।

उपत्यकामा आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक महाशाखाले आफ्ना आगामी कार्ययोजना पेश गरेको थियो । जस अनुसार अब प्रविधिमैत्री ट्राफिक व्यवस्थामा जोड दिइने जानकारी दिएका छन् ।

सवारी साधन विक्रेताले पनि सवारी नियम पालना सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर मात्र सवारी साधन बिक्री गर्न पाउने व्यवस्था लागु गर्ने तयारी भइरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो नियम कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालसँग छलफल भइरहेको ट्राफिक महाशाखाले जनाइएको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालले उपत्यकाका मुख्य स्थानहरुमा ट्राफिक लाइट राखिनुका साथै सिसिटिभीको समेत व्यवस्थाको तयारी भइरहेको जानकारी दिएका छन् । उनले सडक पूर्वाधार विकासमा जोड दिदै सडक लेन मार्किङ, संकेत बोर्डहरु राख्ने काम सुरु गर्नलागिएको बताएका छन् ।

यस्तै कोटेश्वर सडकखण्डमा थप लेन निर्माणका लागि सरोकारवाला व्यक्तिहरुसँग छलफल भइरहेको जानकारी दिएका छन । आगामी दिनहरुमा स्कुलमा पनि ट्राफिक चिल्ड्रेन पार्क बनाउने योजना समेत कार्यक्रममा पेश गरिएको थियो ।ट्राफिक महाशाखाले रुट पर्मिट वितरण प्रणालीमा समेत सुधार गर्नको लागि अध्ययन भइरहेको महाशाखाले बताएको छ ।

साथै, सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई विशेष व्यवस्थाका लागि हल गर्नुका साथै ट्राफिक मैत्री सडकका लागि ३७ बुदे अल्पकालिन सडक सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताइएको छ ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्