Logo
४ आश्विन २०८१, शुक्रबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट फर्किन लागेका केही बिद्यार्थीमा ज्वोरो देखिएपछि नेपाल आउन रोक

कोरोना प्रभावित चीनको हुबेईस्थित वुहान शहरबाट नेपाली लिन पुगेको वाइडबडी विमान चढ्न केही नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएको जानकारी प्राप्त भएको छ ।

विमानस्थलमा रहेका नेपालीहरुका अनुसार ४/५ जनालाई रोकिएको अपुष्ट सूचना प्राप्त भएको छ । रोकिएका हरुकाे संख्या यकिन हुन सकेको छैन ।

बेइजिङस्थित राजदूतावासका उपप्रमुख सुशील लम्सालले केही विद्यार्थीलाई ज्वरो देखिएपछि उनीहरुलाई विमान चढ्नबाट रोकिएको पुष्टि गरे। संख्या भने केही समयपछि मात्रै बताउन सकिने उनले जानकारी दिए।

शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। कान्तिपुरमाा अाएकाेे समाचार अनुसार साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो। उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्