Logo
४ मंसिर २०८१, मंगलबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीसँग कुनै सम्झौता नगरेको स्पष्ट पार्दै देउवाले भने ‘अब सशक्त आन्दोलन हुन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नेकपाका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । पछिल्लो समय उनीमाथि सरकारसँग सम्झौता गरेको आरोप लाग्ने गरेको छ ।

बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो स्पष्टीकरण दिएका हुन् । उनीमाथि विभिन्न नियुक्तीको लागि आफ्ना मान्छेलाई प्रधानमन्त्री ओलीसमक्ष सिफारिश गर्ने गरेको आरोप लागेको छ ।

हालै उनले अख्तियारको आयुक्तको लागि पनि प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरेको गाँईगुँई चलेको थियो । तर, उनले हिजोको केन्द्रिय कमिटी बैठकमा यी सबै आरोप र हल्लामा कुनै सत्यता नभएको जिकिर गरेका थिए ।

उनले सरकार गठन भएको दुई वर्ष पूरा भएको र यो बीचमा सरकारले देश र जनताको हितमा खासै काम गर्न नसकेको आरोप लगाउँदै सरकारविरुद्ध अब सशक्त आन्दोलन छेड्ने घोषणा गरेका छन् ।

उनले भने,‘अब सरकारविरुद्ध सशक्त रुपमा उत्रिनुपर्छ । अब सरकारले गरेका हरेक गलत कामको भण्डाफोर गर्नुपर्छ ।’ नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा सरकारले झुठा मुद्दा लगाउने, दमन गर्ने गरेकोले चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णयमा पार्टी पुगेको कांग्रेस एक नेताले जानकारी दिए ।

कांग्रेसले सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार भइरहेको पनि आरोप लगाएको छ। कांग्रेसले सरकारका गलत क्रियाकलापविरूद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर भिन्न राजनीतिक आस्था राख्ने नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा मुद्दा लगाएको भन्दै विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो।

 

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्