Logo
४ मंसिर २०८१, मंगलबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाकोे बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश

प्रतिनिधिसभाकोे बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश भएका छन् ।

आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण (दोस्रो संशोधन), कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेका हुन् ।

सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुुल गरेका थिए ।

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्