Logo
१० मंसिर २०८१, सोमबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटबल : आर्मी शीर्ष स्थानमा उक्लियो

विभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३-० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए ।

यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् ।

त्यसैगरी खेलको ५४औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए ।

जीतसँगै आर्मीले शीर्ष स्थानमा एक अङ्कको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अङ्क रहेको छ । आठ अङ्क रहेको ब्रिगेड १२औँ स्थानमा छ ।

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्