नेकपा सचिवालयसमक्ष म्याद थप्न माग गर्दै MCC अध्ययन कार्यदल
गत माघ १९ गते नेकपा केन्द्रिय कमिटिले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसम्बन्धी अध्ययन गर्न बनाएको कार्यदलले समय थप गर्ने भएको छ । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदल गठन गरेको ९ दिन बितिसक्दा पनि प्रतिवेदान तयार पार्न नसकिने छाँटकाँट देखिएपछि मंगलबार सिंहदरबारमा बसेको तीन सदस्यीय कार्यदलको बैठकले म्याद थपका लागि नेकपा सचिवालयसमक्ष माग गर्ने निर्णय गरेको हो ।
नेकपा केन्द्रीय कमिटीको बैठकले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले पाएको १० दिने समयसीमा (भोलि) बुधबार सकिँदैछ ।