Logo
१० मंसिर २०८१, सोमबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी सामुदायिक हस्पिटलमा ५१ जनाले गरे रक्तदान

सुनसरीको दुहबी ३ मा रहेको सुनसरी सामुदायिक हस्पिटलले सोमवार गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। उनिहरुले बिरामीहरुलाई रगत उपलब्ध गराउने उदेश्यले रगत दान गरेका हुन्।

स्थानिय सर्वसाधरणहरुले पनि रक्तदान गरेका हुँन्। रक्त सन्चार केन्द्रमा रगतको अभाव हुँदा अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचार नै प्रभावित हुँने भएकोले खुल्ला रक्तदानको कार्यक्रमको आयोजना गरिएको सुनसरी सामुदायिक हस्पिटलका संचालक सन्तोष कुमार सिंहले बताउँनुभयो । हस्पिटल परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको
थियो ।

मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समुह अनुसारका मेल खाने समुहहरुका रगत उनीहरुमा
चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरुको रगतमा कुनै संक्रमण छ या छैन भनेर जाँच गरिन्छ । सामान्यतया एकपटक रक्तदान गरेर अर्कोपटक रक्तदान गर्नुका बीचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामीमध्य कतिपयलाई यी कुराहरु पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्नकालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकीएको छ ।

यसता रक्तदाताका सीमाहरु देश अनुसार फरक पनि हुन सक्दछन् । रक्तदान नै जीवनदान हो । केहि कुराहरु पैसा तिरेर पनि पाँईदैन, पसलमा बेचिदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केहि कुराहरुमा पर्न आँउदछ रगत । हरेक मान्छेको शरीरमा नशा नशामा कुदिरहेको, हरेक तन्तुहरुमा आवश्यक कुराहरु पुर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको, रगत एक अपरिहार्य कुरा हो । दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्दछ । स्मरण गरौ कि आजको विश्वमा हामीहरु मध्य कोही पनि सुरक्षित छैनौ, हामीहरु सबैजना दुर्घटना वा रोगको शिकार हुनसक्दछौ र रगत हामीलाई या हाम्रा आफन्तलाई आवश्यक पर्नसक्दछ ।

हामीहरुले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाँउदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाँउदछ र समाजले अकालमै कोही सदस्य गुमाँउन नपर्ने वातावरण हुन्छ । रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एकहिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । कसैको ज्यान जोगाउन डाक्टरनै हुनपर्दछ भन्ने पनि त छैन, रक्तदाताहरु वास्तवमै भगवान प्रतिरुपहरु हुन् । नेपालमा पनि पछिल्ला समयमा रक्तदानकालागी स्वयम सेवी सँस्थाहरु र सञ्जालहरु बढ्दै गएका छन् । यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन नेपाल, रेडक्रस लगायत थुप्रै संस्था अनि सञ्जालहरुको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारीफयोग्य छ ।

हामीमध्ये केही सुई सँग डराउने या घोच्नपर्ने भएकाले रक्तदान गर्न डराँउदछौ जुन अत्यन्त हाँस्यास्पद कुरा हो । रक्तदान अत्यन्तै सरल र सामान्य कुरा हो, जीवनको दान गर्न पाउनु भन्दा गर्वको कुरा के हुन सक्छ र ? तपाईको आफ्नै भाई या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहीएमा के तपाई रक्तदान नगरि बस्नुहुन्छ ? त्यस्तै धेरै दाजुभाई दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यक्ता परिरहेको हुन्छ, रक्तदाताहरु वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौ ।रगत अभाव मुक्त नेपाल बनाउन सबैजना एकजुट हुन जरुरी छ । १८ वर्ष कट्नुभएका तपाईहामीसबैलाई एउटा प्रश्न छाडेर जान्छौ ? के रक्तदान गर्नुभएको छ त ?

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्