अपडेट : पूर्वसचिव पत्नीको हत्या आफ्नै घरमा काम गर्ने कामदारले गरेको आशंका
ललितपुरको सानेपामा पूर्वसचिव अजूर्न कार्कीकी श्रीमती मुनाको आफ्नै घरमा काम गर्ने कामदारको संग्लग्नतामा हत्या भएको हुनसक्ने आशंका बाहिरिएको छ ।
अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्याएको थियो । तर, चिकित्सकले केहीबेरअघि मृत घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।
मृतक मुनालाई भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतले बताए ।
पूर्वसचिव कार्कीकी श्रीमती मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विशेष चौधरी पनि मृत भेटिएका छन् ।