अपडेट : पूर्वसचिव कार्कीकी पत्नी मुनाको उपचारका क्रममा मृत्यु
काठमाडौं : आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको स्टार अस्पतालमा मृत्यु भएको छ ।
सानेपास्थित निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । सोमबार नै कार्कीको घरमा काम गर्ने दाङका २२ वर्षे विजय चौधरीको पनि झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।