पूर्वसचिव अर्जुन कार्कीको घरमा कामदारको मृत्यु, पत्नी अचेत अवस्थामा
पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्ने कामदार मृत अवस्थामा फेला परेका छन् । दाङका २२ वर्षे विजय चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । घटनास्थलमा पुगेको प्रहरीले अहिले मुचुल्का तयार पारिरहेको छ ।
पूर्वसचिव पत्नी मुना गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नजिकै रहेको स्टार अस्पतालमा पुर्याइएको छ । घाइतेको अचेत अवस्थामा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।