चीनबाट नेपालीलाई ल्याउन अझै आलटाल- अभिभावक मानव अधिकार आयोग जाने
चीनको वुहान शहरमा रहेका नेपालीलाई ल्याउन सरकारले आलटाल गर्दै आएपछि अभिभावकहरू मानव अधिकार आयोग जाने भएका छन् ।
आफ्ना छोराछोरी र आफन्तलाई सरकारले ल्याउन अग्रसरता नदेखाएको भन्दै अभिभावकहरूले त्यसविरुद्ध अनशन बस्ने चेतावनीसमेत दिएका छन् ।
सरकारले आश्वासन मात्रै दिएको भन्दै उनीहरू सरकारविरुद्ध आक्रामक भएका हुन् ।अभिभावक विमला श्रेष्ठका अनसार सरकारले झुटो आश्वासन दिएको भन्दै अब संगठित भएर मानवअधिकार आयोज जाने तयारी भएको छ । राजधानी दैनिकमा खबर छ ।