गच्छदारको गृह नगरमा बृहत मशाल जूलूस प्रदर्सन,चरणबद्ध आन्दोलनको तयारी
सुनसरीको दुहबीमा नेपाल तरुण दल सुनसरी तथा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ ले बृहत मशाल जूलूस प्रदर्सन गरेको छ । नेपाल तरुण दल र नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले मशाल बोकेर दुहबीको कोशी राजमार्ग तताएका थिए । उनिहरुले प्रदर्शनको क्रममा बर्तमान सरकार बिरुद्ध नाराबाजी समेत गरेका थिए ।
नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ को पाटी कार्यालय तथा सुनसरी क्षेत्र नम्बर ३ को चारै कूनाबाट सुरु भएको मशाल जूलूस कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्नुहुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले ललिता निवास जग्गा प्रकरणमा नेपाली काङ्ग्रेस पार्टी उपसभापति बिजयकुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलनको तयारी थालेको
बताउँनुभयो ।
वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले काँग्रेसमाथि जाईलागेकोले मुद्दा फिर्ता नलिए वर्तमान सरकार विरुद्ध सडक संघर्षको विकल्प नहुने नगर प्रमुख गच्छदारले जनाए । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेंहदी हुसैनले सुनसरी क्षेत्र नम्बर ३ बिजय गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले आन्दोलनकालागि २१ सदस्य कमिटि तयार भएकोले चाँडैनै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने जानकारी दिनुभयो ।
नेपाल तरुण दल सुनसरी जिल्ला कार्य समितिका सभापति सिजन गुरुङ र नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर ३ का सभापति विकासराज भण्डारीको नेतृत्वमा सयौंको संख्यामा आएका तरुण दलका यूवाहरुले संसदीय दलका उपनेता गच्छदार माथि लगाइएको आरोप सहैय हुन नसक्ने भन्दै उक्त कदम विरुद्ध आन्दोलनमा होमिनु बाहेकको विकल्प नरहेको बताए । तरुण दल सुनसरी क्षेत्र नम्बर ३ का सभापति विकासराज भण्डारीले यूवाहरु आन्दोलनकोलागि तयारी अवस्थामा रहेको समेत बताए । गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वा्चित सांसद हुन् । आईतबार तरुण दल केन्द्रीय समितिले आन्दोलन गर्दैछ भने शुक्रबार नै माईतीघरमा नेपाल विद्यार्थी केन्द्रीय समितिले विरोध कार्यक्रमहरु गरिसकेको छ । नेपाली काँग्रेसका उपसभापति बिजय कुमार गच्छदारको गृहजिल्ला सुनसरी जिल्ला पार्टी कार्यलय, भातृसंस्था लगायत सबैले बिज्ञप्ती जारी गरेरै नेता गच्छदारलाई फसाएको भनदै तत्काल मुद्धा फिर्ता लिन आग्रह गरिसकेका छन् । अख्तियार दुरुपयोग अनुसंधान आयोगले बिजय गच्छदारसहित १७५ जनाबिरुद्ध ललिता निवास बालुवाटारको जग्गा भ्रष्टाचारमा मुद्धा दायर गरेपछि राजनीति बृतमा काँग्रेस विजय गच्छदार केन्द्रीत देखिएको छ ।