Logo
१० मंसिर २०८१, सोमबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिराटनगरमा भेटिएको शब दुहबीकि सम्झ्नाको भएको पुष्टि

प्रदेश एक स्थित मोरङको बिराटनगरको उखु बारीमा हत्या गरेर फालिएको महिलाको शब दुहबी ६ कि सम्झना परियार रहेको मोरङ प्रहरीले पुष्टि गरेको छ । सम्झनाका श्रीमान बिकास(बसन्त) परियारले शबको पहिचान गरेको प्रहरीले जनाएको छ । घटना स्थलमा उन्ले लगाएको गहना सहित घाटी काटिएको अवस्थामा शब भेटिएको थियो । बिहान ११ बजे बिराटनगर १२ स्थित उखु बारीमा ३२ वर्षिय सम्झना परियारको शब भेटिएको थियो । मंगलबारबाट सम्पर्कमा नरहेकी उनको घाँटी रेटी हत्या गरिएको छ । प्रहरीले हत्या अन्यत्रै गरी उखुबारीमा शव फ्यालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनायो ।
३२ वर्षीय सम्झना दुई सन्तानकी आमा हुन् । आफन्तले बिहीबार प्रहरी चौकी निमुवामा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीका अनुसार शव भेटिएको ठाउँमा हत्या भएको देखिँदैन ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्