Logo
३ आश्विन २०८१, बिहीबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाइएको विरोधमा नेविसंघ सडकमा

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका नेतालाई प्रतिशोध र बदनियतपूर्ण ढंगले मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरू विरोधका लागि सडकमा आएका छन् ।

नेपाल विद्यार्थी संघ र तरुण दलका नेता/कार्यकर्ताले शुक्रवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायत सहभागी भए ।

अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध ९ करोड ६५ लाख बिगो दाबी गर्दै विशेष अदालतमा बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

गच्छदारलाई मुद्दा लगाइएको विरोधमा कांग्रेसले बिहीवार र शुक्रवार प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको छ ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्