Logo
४ मंसिर २०८१, मंगलबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाईरस : गृहमन्त्रीको जवाफ पछि प्रधानमन्त्री कार्यालय जाने तयारीमा अभिभावक

काठमाडौं : चीनको उहान शहरबाट फैलिएको कोरोना भाईरसले यतिबेला विश्वको २५ भन्दा बढी मुलुकहरुमा त्रास फैलाएको छ ।

उक्त भाईरसका कारण अन्य मुलुकले आफ्ना नागरीक फिर्ता लगिसकेका छन् । सोहि प्रस्ताव लिएर नेपाली अभिभावक पनि आफ्ना सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दै शुक्रबार गृहमन्त्रालय पुगेका थिए, तर निराश भएर फर्किएका छन् ।

चीनको वुहानमा कोरोना भाइरस फैलिएपछि त्रासमा रहेका सन्तानलाई नेपाल फर्काइदिन आग्रह गर्दा गृहमन्त्री रामबहादुर थापाको जवाफले उनीहरुलाई निरास बनाएका हुन् ।

शुक्रबार भएको भेटका क्रममा गृहमन्त्री थापाले एक हप्ताभित्र फर्काउने तयारी गरेको तर कहिले फर्काउने भन्ने थाहा नभएको जवाफ दिएको अभिभावकले बताएका छन् । गृहमन्त्रीलाई भेटेर फर्किएका उनीहरुले भने, ‘एक हप्ताभित्रमा ल्याउँछौं, चिन्ता नगर्नुस् भन्नु भएको छ । कहिले ल्याउने थाहा छैन ।’

तर एक हप्ता भन्न थालेकै धेरै भइसकेको भन्दै उनीहरुले आफ्नो आग्रहलाई सरकारले बेवास्था गरेको गुनासो गरे । गृहमन्त्रीलाई भेट्दा पनि आस्वस्थ नभएपछि अभिभावकहरुले प्रधानमन्त्री कार्यालय जाने तयारी गरेको बताएका छन् ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्