Logo
३ आश्विन २०८१, बिहीबार
(February 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक पूर्वाग्रहमा उपसभापति गच्छदारमाथि भ्रष्टाचार मुद्दा : कांग्रेस

राजनीतिक पूर्वाग्रहका आधारमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध पार्टी र भातृ संस्था परिचालन गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ।

बिहीबार सभापति निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी उपसभापति विजयकुमार गच्छदालाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको थियो ।

कांग्रेसले भातृसंस्था र पार्टी परिचालन गर्ने रणनीति तय गर्न भातृसंस्थाका पदाधिकारीको बैठक समेत बोलाएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बोलाइएको बैठकले यससम्बन्धी रणनीति तय गर्ने बताइएको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसमेत रहेका उपसभापति गच्छदारसहित १ सय १० जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेस गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। कांग्रेस आकस्मिक बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि सहभागी रहेको महामन्त्री शसांक कोइरालाका निजी सचिव भरत तिवारीले जानकारी दिए।

 

प्रकाशित मिति: Feb 6, 2020

प्रतिक्रिया दिनुहोस्