Logo
२ माघ २०८१, बुधबार
(February 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरण : ३ जना पूर्वमन्त्रीहरुसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो। यो प्रकरणमा गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गराएको हो।

अख्तियारले तत्कालीन सचिव शारदा प्रसाद त्रिताल संयोजकत्वको छानबिन समितिको प्रतिवदेन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को प्रतिवेदनका आधारमा विशेषमा मुद्दाको फाइल लगेको हो।

सीआइबीले बालुवाटारको सरकारी जग्गा व्यक्तिलाई बेच्ने काममा जग्गा दलालहरु रामप्रसाद सुवेदी र शोभाकान्त ढकालले प्रमुख भूमिका खेलेको जनाएको छ।

अख्तियार स्रोतका अनुसार यो प्रकरणमा तीनजना पूर्वमन्त्रीहरु गच्छदार,डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध भ्रष्टाचार मुद्दा चलेको हो। बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्ने अभियुक्तहरुविरुद्ध मुद्दा चलाइएको हो।

प्रकाशित मिति: Feb 5, 2020

प्रतिक्रिया दिनुहोस्