Logo
५ मंसिर २०८१, बुधबार
(February 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको गृहकार्य टुङ्ग्याउन ओली र प्रचण्ड दैनिक भेटर्बाता

नेकपा केन्द्रीय समिति बैठक १५ दिनभित्र पार्टी एकताका सवै कामटुङ्गे लगाउने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल गृहकार्य आन्तरिक कार्यमा जुटेका छन् ।

नेकपाको केन्द्रीय समिति बैठक ५ दिनसम्म चलेर आइतबार सकिएलगत्तै ओली र प्रचण्डले पार्टी एकताको टुङ्ग्याउन आन्तरिक छलफल र गृहकार्यलाई तीव्रता दिएका छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपामा कतिपय जनवर्गीय संगठनबीच अझै एकता भइसकेको छैनआइतबार केन्द्रीय कमिटी बैठकको समापनका अवसरमा अध्यक्ष प्रचण्डले १५ दिनभित्र पार्टी एकता टुङ्ग्याइसक्ने बताएका थिए ।

सोही क्रममा ओली र प्रचण्डले सोमबार र मंगलबार लगातार भेटवार्ता र छलफल गरेका छन् । त्यस्तै अध्यक्ष ओली र अर्का बरिष्ठ नेता माधव कुमार नेपालबीच पनि सोमबार नै लामो कुराकानी भएको थियो ।

सोमबार ओली र प्रचण्डबीच छलफल भएलगत्तै ओली र नेपालबीच पनि लामो छलफल भएको छ । केन्द्रीय समिति बैठकको समीक्षाका साथसाथै पार्टी एकताको काममा बिट मार्न नेताहरु लागि परेका छन् । त्यही क्रममा ओली प्रचण्ड र ओली तथा नेपालबीच भेटवार्ता भएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, ‘पार्टी एकता र एमसीसी लगायतका विषयमा साझा धारणा बनाउने अर्को प्रयास पनि हुनसक्छ ।’

प्रकाशित मिति: Feb 4, 2020

प्रतिक्रिया दिनुहोस्