Logo
३ आश्विन २०८१, बिहीबार
(February 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रवेशाज्ञा अनुमति नपाउनेसँग दूतावासले दस्तुर लिए, सरकारले रोकोस् ’

नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले कुनै पनि देशमा जान प्रवेशाज्ञाका लागि आवेदन दिँदा अनुमति नपाउनेसँग पनि दस्तुर लिने गरेको भन्दै त्यसलाई रोक्न ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा मंगलबार उनले प्रवेशाज्ञा अनुमति (भिसा) पाउनेसँग मात्र दस्तुर लिनुपर्ने माग गरेका हुन् । उनले प्रवेशाज्ञा अनुमति नपाउनेसँग दस्तुर लिने कुरा रोक्न पहल गर्न पनि उनले सरकारसँग माग गरे ।

कतिपय देशका दूतावासले प्रवेशाज्ञा अनुमति नदिए पनि आवेदन दिँदा लिएको दस्तुर फिर्ता नगर्ने गरेको उनले बताए । त्यस्तै, उनले नेपालमै दूतावास राखेका देशहरुको प्रवेशाज्ञा अनुमतिका लागि आवेदन दिन भारत जानुपर्ने परिस्थिती रहेको पनि बताए । “एउटा सार्वभौम मुलुकप्रति हाम्रा मित्र राष्ट्रहरुले गर्ने त्यो व्यवहार सही हो र ?,” उनले प्रश्न गरे ।

प्रकाशित मिति: Feb 4, 2020

प्रतिक्रिया दिनुहोस्