Logo
३ आश्विन २०८१, बिहीबार
(February 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ सांसदको माग- ललिता निवास, एनसेल, यती होल्डिंस र वाइडबडी प्रकरणको जानकारी गराइयोस्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद देवेन्द्र पौडेलले पछिल्लो समय भएका ठूला भ्रष्टाचार प्रकरणबारे जानकारी माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा मंगलबार उनले ठूला भ्रष्टाचार काण्डबारे जानकारी माग गरेका हुन् ।

भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइमा सम्मान व्यक्त गर्दै उनले भने, “एनसेलको कर लाभांश विवाद प्रकरण, यति होल्डिंस प्रकरण, ललिता निवास प्रकरण, हायात होटल प्रकरण, वाइडबडीजस्ता प्रकरणहरुले दिनदिनै मिडियाहरुमा छाएका छन् । सभामुखमार्फत सरोकारवालाले के भएको हो ? छानबिनसहित आउन म विशेष अनुरोध गर्न चाहन्छु ।”

ती भ्रष्टाचार प्रकरणलाई लिएर सरकारको आलोचना भइरहँदा सत्तारुढ दलकै सांसदले ती प्रकरणबारे सत्यतथ्य माग गरेका हुन् ।

प्रकाशित मिति: Feb 4, 2020

प्रतिक्रिया दिनुहोस्