Logo
३ आश्विन २०८१, बिहीबार
(February 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी कार्यान्वयनका लागि वातावरण बनाउन अमेरिकी उपसहायक विदेश मन्त्री नेपालमा

अमेरिकी उप सहायक विदेश मन्त्री जोनाथन हेनिक नेपाल आएका छन् । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन लागू गर्ने तयारी भइरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उनले नेपालमा को–कोसँग भेटवार्ता गर्नेछन् भन्ने खुलासा भइसकेको छैन । यद्यपि पछिल्लो समय एमसीसी कार्यान्वयनका विषयमा भइरहेको मत विभाजनलाई हेर्दा उनको भ्रमण एमसीसी कार्यान्वयनका लागि वातावरण बनाउनेतर्फ केन्द्रित हुने अनुमान गरिएको छ ।

अमेरिकाको महत्वाकांक्षी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन सैन्य परियोजना भएको र यसमार्फत अमेरिकी सेना नेपाल छिरेर चीनलाई प्रभावित पार्ने टिप्पणी सत्तारुढ दलकै शीर्ष नेताहरुबाट भइरहेका बेला पूर्व प्रधानसनापछि गौरव समशेर राणाले भने चीनलाई हेरेर एमसीसीबारे निर्णय गर्न नहुने बताउछन् । उनले सामाजिक संजाल लिंक्ड इनमा लेखेका छन् –‘नेपाल र नेपालीले फाइदा पाउँछन् भने यसमा चीन कसरी र कहाँ समावेश छ भन्ने नहेर्नुहोस् ।’

एमसीसी कार्यान्वयन गर्ने विषयमा भएका अवरोधहरु हटाउन अमेरिकी दूतावासले पहल थालेको विषयमा पूर्व उपरथी बिनोज बस्न्यातले लिंक्ड इनमा आफ्नो धारणा राखे । यसको जवाफमा पूर्व प्रधानसेनापति राणाले लेखेका छन् – ‘अमेरिकी दूतावासको अत्यन्तै व्यवहारिक प्रतिक्रिया । विकासोन्मुख रास्ट्रले विकास र समृद्धिको लागि गरेको प्रयासमा सहयोग गर्नुलाई रणनैतिक चस्माबाट हेरिनु हुँदैन ।’

प्रकाशित मिति: Feb 4, 2020

प्रतिक्रिया दिनुहोस्