Logo
४ मंसिर २०८१, मंगलबार
(February 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट ल्याइने नागरिक राख्ने ठाउँको टुंगो आज लाग्ने ,नेपालमा १४ जनाको नमुना परीक्षण

सरकारले चीनबाट उद्धार गरेर ल्याउने नागरिकलाई राख्ने ठाउँ ९क्वारेन्टाइन०को टुंगो मंगलबार लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सेना र प्रहरीका चिकित्सकसमेतको पाँच सदस्यीय टोलीले सोमबार सम्भावित २५ स्थानको अवलोकन गरेको छ । तर, निर्णय भइनसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘प्रधानमन्त्रीले दिएको समय मंगलबार सकिँदै छ, त्यसैअनुसार हामीले द्रुत गतिमा काम गरिरहेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘मंगलबार कहाँ राख्ने भन्ने निर्णय हुन्छ ।’ उनका अनुसार सरकारले बढीमा चार दिनभित्र चीनबाट नागरिक ल्याउने तयारी गरेको छ । यस्तो समस्यामा के गर्ने भन्ने पूर्वतयारी अभावका कारण क्वारेन्टाइनको टुंगो लाग्न समय लागेको उनले बताए ।

सरकारले चीनबाट फर्किनेहरूलाई एउटा कोठामा तीनजनाका दरले राख्ने प्रबन्ध गर्दै छ । उनीहरूका लागि बेड, लुुगाजस्ता विभिन्न ३७ थरी सामग्री आवश्यक पर्ने चिकित्सकको भनाइ छ । सोमबार मुख्यसचिवको कार्यालयमा भएको छलफलमा सेनाको सैनिक स्वास्थ्य महानिर्देशक डा। सुनीलकुमार सिंहलगायतको टोलीले आवश्यक मेडिकल सामग्री जुट्नुपर्नेमा जोड दिएका थिए । ‘कहाँ राख्ने भन्दा पनि सामग्री व्यवस्थापन मुख्य हो, यसको व्यवस्थापन भएपछि ठाउँका लागि समय लाग्दैन,’ स्रोतका अनुसार सैनिक चिकित्सकहरूले मुख्यसचिव लोकदर्शन रेग्मीसहितको टोलीलाई सुझाब दिएका थिए ।

चीनको हुबेई प्रान्तबाट फर्काइनेहरूलाई राखिने विभिन्न स्थानका विषयमा सेनाले तयारी गरिरहेको र मंगलबार प्रधानमन्त्री कार्यालयमा विस्तृत ब्रिफिङ गरिने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘सोमबार विभिन्न मेडिकल उपकरण र सामग्रीका विषयमा छलफल भयो, मंगलबार हामी विस्तृत योजना प्रस्तुत गर्दै छौँ,’ पाण्डेले नयाँ पत्रिकासँग भने, ‘त्यसपछि सरकारले निर्णय गरेर दिने जिम्मेवारी हामी दु्रत गतिमा पूरा गर्छौँ । सेना सक्रियतापूर्वक आफ्नो तयारीमा लागेको छ ।’

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्क्वारेन्टाइनसहितको प्रबन्ध सुनिश्चित भएपछि सरकारले उडानसहितको सम्पूर्ण विवरण चीनलाई पठाउनेछ । त्यसपछि नेपालीहरू फिर्ता हुनेछन् । बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले सोमबार टेलिफोनमा भने, ‘सरकारले आवश्यक प्रबन्ध गर्दै छ भन्ने जानकारी आएको छ । त्यसपछि विस्तृत विवरण चीनलाई दिइनेछ र नेपालीहरू फिर्ताका लागि प्रक्रिया सुरु हुनेछ ।’ नेपाल फर्किन आइतबार नै एक सय ८० जनाले फारम भरेर दूतावासमा पठाइसकेका छन् । नेपाल वायु सेवा निगमको वाइडबडी विमान उद्धारका लागि तयारी अवस्थामा राखिएको छ ।

सरकारले तीन सय शय्याको सरुवारोग अस्पताल बनाउने

सरकारले प्राणघातक भाइरस संक्रमितहरूको उपचार गर्न तीन सय शय्या क्षमताको छुट्टै अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य संकटका वेला बिरामी व्यवस्थापनमा समस्या भएपछि स्वास्थ्य मन्त्रालयले छुट्टै राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्न मन्त्रिपरिषद्सँग सैद्धान्तिक सहमति मागेको हो ।

टेकुस्थित ८६ वर्ष पुरानो सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार गर्न कठिन भएपछि नयाँ अस्पताल बनाउने अति महत्वपूर्ण प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस गरेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । प्रस्तावसँगै मन्त्रालय नयाँ अस्पताल बनाउने ठाउँको खोजीमा जुटेको छ ।

टेकु अस्पताल घना बस्तीभित्र भएकाले पनि सरुवा रोगका बिरामीको उपचारमा समस्या छ । उच्चस्तरीय उपकरणको अभावमा नयाँ रोगसँग जुध्ने क्षमता पनि कमजोर छ । नयाँ अस्पताल मानव बस्तीभन्दा टाढा राख्ने मन्त्रालयको योजना छ ।

नेपालमा १४ व्यक्तिको कोरोना परीक्षण, एकजनामा मात्रै पोजेटिभ

कोरोना भाइरसको आशंकामा नेपालमा अहिलेसम्म १४ जनाको नमुना परीक्षण गरिएको छ । त्यसमा १६ माघसम्म एकजनामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख सागर दाहालका अनुसार १० जनामा नेगेटिभ देखिएको छ । अन्य तीनजनाको नमुना परीक्षणको रिपोर्ट आएको छैन । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Feb 4, 2020

प्रतिक्रिया दिनुहोस्