एमसीसीसम्बन्धी ४ विषयमा गहन अध्ययन शुरू
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौता संसद्बाट पारित गर्ने विषयमा अध्ययन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले चार विषयमा अध्ययन गर्ने निर्णय गरेको छ ।
नेकपाले आइतवार गठन गरेको कार्यदलले सोमवारै बैठक बसेर काम शुरू गरेको हो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको बैठकले एमसीसीको विषयमा गहन छलफलका लागि चार विषयमा अध्ययन गर्ने टुंगो लागेको स्रोतले जनायो । राजधानी दैनिकमा खबर छ ।