Logo
२ माघ २०८१, बुधबार
(February 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता खनालको नेतृत्वमा MCC अध्ययन कार्यदलको पहिलो बैठक सम्पन्न

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ ।

सोमबार काठमाडौंमा भएको बैठकमा संयोजक झलनाथ खनाल, सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली रहेका थिए ।

‘आज पहिलो बैठक बस्यो, बैठकमा कसरी काम गर्ने भन्ने सामान्य छलफल गर्नुका साथै कार्यसूची पनि तय गरेका छौँ, त्यही कार्यसूचीका आधारमा एमसीसी सम्बन्धी डकुमेन्टहरु पनि अध्ययन र अनुसन्धान गर्दै सुझाव तयार गर्छौँ’, बैठकपछि कार्यदलका संयोजक खनालले भने, ‘तोकिएको समयसीमामा सुझाव पेश गर्नेगरी काम सुरु गरेका छौँ ।’

एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनेको हो ।

खनाल नेतृत्वको समितिले १० दिनभित्र यससम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउने र त्यसपछि बल्ल प्रक्रिया अघि बढ्ने छ ।

प्रकाशित मिति: Feb 3, 2020

प्रतिक्रिया दिनुहोस्