Logo
२ माघ २०८१, बुधबार
(February 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली विद्यार्थीको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा छन् : पर्यटनमन्त्री

चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुई वटा जहाज तयारी अवस्थामा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुई वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन्।

चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्। पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताए।

अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन्। ‘आवश्यक प¥यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन्।

प्रकाशित मिति: Feb 1, 2020

प्रतिक्रिया दिनुहोस्