Logo
४ मंसिर २०८१, मंगलबार
(January 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपरको ठक्करबाट महिलाको मृत्यु, शव उठाउन परिवारद्वारा स्वीकार

शुक्रबार बिहान एक महिलाको टिपरको ठक्करबाट ज्यान गएको छ ।

गोरखा १० स्थित गोरखकाली क्रसर उद्योगको ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा गोरखा १० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।

घर नजिकैको विद्यालयमा दूध र्पुयाउन जाँदै गर्दा टिपरको ठक्करबाट भुइँमा लडेकी मनमायालाई  ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । टिपर चालकलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गर्नुका साथै क्रसर उद्योगका अन्य पाँचवटा टिपरमा तोडफोडसमेत गरेका छन्। पीडित परिवारले शव उठाउन नमानेका र उद्योग बन्द गर्न माग गरेका खतिवडाले बताए।

 

प्रकाशित मिति: Jan 31, 2020

प्रतिक्रिया दिनुहोस्