Logo
५ मंसिर २०८१, बुधबार
(January 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उखु किसानले फेरि काठमाडौंमा आन्दोलन गर्ने

सरकारसँग मएका सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेका छन् ।

जिल्लामा पटक-पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लाे महिना काठमाडौंस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए ।

 

उखु किसान पुसका चिसोमा कठ्याङ्ग्रिएर भूक्तानी माग्न धर्ना‍मा बसेपछि सरकारले पुस १८ गते पाँचवुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट पूरानो सबै बक्यौता भुक्तानी गराउने प्रतिबद्धता जनाएका थियो।

उद्योगमन्त्री लेखराज भट्ट आफैले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 31, 2020

प्रतिक्रिया दिनुहोस्