Logo
२ माघ २०८१, बुधबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा बस्ने नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था छैन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएका हुन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अस्ट्रेलिया लगायतका देशहरूले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले अध्ययनका क्रममा वा कामको शिलशिलामा चीन गएका नेपालीमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताए ।

उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए । फिर्ता बोलाएपछि अमेरिका लगायतका देशले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेका छन् ।

चीन लगायत विश्वका दर्जनभन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्