Logo
३ आश्विन २०८१, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वायुसेवा निगमको अध्यक्षमा केदार बहादुर अधिकारी नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहेका केदार बहादुर अधिकारी नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् । अधिकारीलाई निगमको हालैको मन्त्रिपरिषद बैठकले अध्यक्ष बनाएको हो ।

अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था भए पनि निगममा मदन खरेललाई कार्यकारी अध्यक्ष बनाउनको लागि तत्कालीन पर्यटन सचिवलाई हटाइएको थियो। खरेलले कार्यकारी अध्यक्षबाट राजीनामा दिएसँगै पर्यटन सचिवलाई नै अध्यक्ष बनेका हुन् ।

अधिकारीलाई अध्यक्ष बनाए पनि निगमको कार्यकारी अधिकार भने नयाँ नियुक्त हुने महाप्रबन्धकलाई नै हुने बताइएको छ । मदन खरेललाई २०७५ भदौमा वायुसेवा निगममा नियुक्त गर्नुपूर्व पर्यटन सचिव नै सञ्चालक समितिका अध्यक्ष थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले २०६९ मा खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेर २९ महिनामै राजीनामा दिएका खरेललाई दोस्रो पटक २०७५ भदौमा निगमको कार्यकारी अध्यक्ष बनाउनको लागि तत्कालीन पर्यटन सचिवलाई अध्यक्षबाट हटाएका थिए ।

वायुसेवा निगमले ल्याएको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना भएपछि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको कार्यकाल बाँकी छँदै सरकारले खरेललाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्