Logo
४ मंसिर २०८१, मंगलबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

MCC पक्षमा पूर्वअर्थमन्त्री महत : ‘यति उदार अनुदान बिरलै पाइन्छन्’

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले आफू एमसिसी पक्षमा रहेको बताएका छन् ।

अमेरिकासँग आर्थिक सहयोग लिने कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) निकै उदार आर्थिक सहयोग कार्यक्रम भएको भन्दै महतले त्यसलाई गुमाउनु नेपालको राष्ट्रहित विपरित हुने बताएका छन् ।

‘एमसीसी सहयोग संझौताको संसदीय अनुमोदन अझै नगरिकन विवादमा अल्झिनु राष्ट्रहित विपरित हुनेछ,’ महतले भने । यस विषयमा गलत अर्थ लगाएर दुष्प्रचार र विरोध नगर्न उनको आह्वान छ।

महतले सामाजिक सञ्जाल ट्विटरमा बिहीबार लेखेका छन्, ‘नेपालको पूर्बाधार बिकासका लागि यति उदार अनुदान बिरलै पाइन्छन।यस बिषयमा गलत अर्थ लगाएर दुश्प्रचार र बिरोध नगरौं भ्रममा परेकाहरूलाई सरकारले बास्तबिक तथ्यसहित आधिकारिक रूपमा स्पष्ट पार्नुपर्छ।’

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्