Logo
४ मंसिर २०८१, मंगलबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउना नुहाउने क्रममा निसास्सिएर पूर्वमन्त्रीका स्वकीय सचिव दम्पतिकै मृत्यु

ललितपुर : ललितपुरको एउटा फिटनेश सेन्टरमा बुधबार राति एक दम्पतीको मृत्यु भएको छ ।

तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन गएका दम्पत्तीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बुधबार राति करिब ९ बजेको समयमा उक्त हेल्थ क्लवको ‘साउना बाथ’ का क्रममा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी पत्नी ३९ वर्षीय नेत्रकुमारीको मृत्यु भएको हो ।

नुहाउन गएका दम्पती बेहोस भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले दुवैजनालाई तत्कालै अस्पताल लगेको थियो । चिकित्सकले दुवै जनाको मृत्यु भएको पुष्टि गरेपछि शव परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद जानकारी दिए ।

साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ।तर ती गर्बुजामगर दम्पति निश्चित समयमा ननिस्किएका कारण अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको एसएसपी राईले बताए।

मृतक हस्त गर्बुजा पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको स्वकीय सचिव थिए ।

 

 

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्